Many peolpe died in bike accident

भिडियो सहित हेर्नुहोस !
Advertisement

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहान भोटियाटोलमा मंगलबार राति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक गम्भिर घाइते भएका छन् ।राति साढे १० बजेको समयमा तीन मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।दुर्घटनामा परी लहान–५ का ४५ वर्षका नजा सदाय, गोलबजार ६ का  ४० वर्षका रामाशिष पासवान, १८ वर्षका विवेक सिंह र ब्रम्हपुर–३ सप्तरीका ५५ वर्षका लक्ष्मण रामको मृत्यु भएको छ ।चारै जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका सिरहाको बलकवा ४ का सवेश गोश्वामीको अवस्था गम्भिर रहेको छ । उनको थप उपचारका लागि विराटनगर लगिएको छ ।स.३प १६०, स.३प ९२०८ नम्वरको मोटरसाइकल एकआवपसमा ठोकीएपछि अर्को स. २ प ६७ नम्वरको मोटरसाइकल पनि त्यही ठोकिएको प्रहरीले जनाएकोछ  ।कुन कुन मोटरसाइकलमा कुनकुन यात्रु सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । सवैको सव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । अन्नपूर्णपोस्टमा समाचार छ |
भिडियो सहित हेर्नुहोस !
Advertisement

SHARE THIS

Author: