नयाँ संविधान पुनर्लेखन लगायतका माग राखेर संघीय गठबन्धनले आइतबार सिंहदरवार घेरिरहेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र केही जनजाति राजनीतिक दलहरु सम्मिलित गठबन्धनले गरेको सिंहदरवार घेराउमा विदेशी नागरिकको संलग्नता देखिएको छ । ‘लिम्बुवान’ लेखिएको कपडा टाउकोमा बाँधेर उनीहरु माइतीघर क्षेत्रको धर्नामा सहभागी भएका हुन् ।यस अघि मधेश आन्दोलनका विषयमा फेसबुकमा स्टाटस लेख्ने एक विदेशी नागरिकलाई तत्काल देश छोड्न नेपाल सरकारले आदेश दिएको विषय सेलाउन नपाउँदै यी विदेशी नागरिक सिंहदरवार घेराउ कार्यक्रममा सहभागी भएका हुन् ।