Nepal will be out of loadsedding one day

भिडियो सहित हेर्नुहोस !
Advertisement

जलाशययुक्त विद्युत् आयोजनाका दृष्टिमा मुलुकका ७ मध्ये ४ नं. प्रदेश सबभन्दा धनी र २ नं. प्रदेश सबभन्दा गरिब देखिएको छ । ४ नं. प्रदेशमा जलाशययुक्त आयोजनाबाट मात्र ८ हजार ८ सय ५८ मेगावाट बिजुजी उत्पादन हुनेछ ।तल्लो चुरेबाहेक पहाडी भाग नपर्ने तराई–मधेसका ८ जिल्ला ओगटेको २ नं. प्रदेशमा जलायुक्त आयोजनाबाट सबभन्दा कम २ सय मेगावाटमात्र बिजुली उत्पादन हुनेछ ।ऊर्जा मन्त्रालयले सातै प्रदेशका प्रस्तावित, अध्ययनका क्रममा रहेका र निर्माणाधीन जलाशययुक्त आयोजनाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ ।प्रधानमन्त्री कार्यालयले जलाशययुक्त आयोजनाहरूलाई असर पर्ने गरी प्रस्तावित ठाउँमा कुनै पनि भौतिक पूर्वाधार नबनाउन सबै विकासे मन्त्रालयलाई निर्देशन दिएको मन्त्रिपरिषद् सचिवालयका भौतिक पूर्वाधार महाशाखाका सहसचिव उत्तम खत्रीले जानकारी दिए ।खत्रीका अनुसार भविष्यमा जलाशययुक्त आयोजना निर्माण गर्दा कुनै अप्ठ्यारो नपरोस् भनेर सबै विकासे मन्त्रालयलाई त्यस्तो निर्देशन दिइएको हो ।सूचीका अनुसार ४ नं. प्रदेशका प्रस्तावित, अध्ययनका क्रममा रहेका र निर्माणाधीन १४ वटा जलाशययुक्त आयोजनाबाट ८ हजार ८ सय ५८ मेगावाट बिजुली उत्पादन हुनेछ । दोस्रो बढी जलाशययुक्त आयोजना भएकामा १ नं. प्रदेश पर्छ, यसमा १० वटा जलाशययुक्त आयोजनाबाट ७ हजार २ सय ८८.४ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।


भिडियो सहित हेर्नुहोस !
Advertisement

SHARE THIS

Author: